तीन सय शैय्याकाे सरुवा राेग अस्पताल बनाउने याेजना अन्याैल


काठमाडौं । सरकारले गत वर्षको वार्षिक निति तथा कार्यक्रममा निकै महत्वाकांक्षी रुपमा केन्द्रमा ३०० शैय्याकाे सरुवाराेग अस्पताल बनाउने निर्णय गरेकाे थियाे  । महामारी चरम उत्कर्षमा पुग्दा अतालिएकाे सरकारले पहिलाे नम्बरमा केन्द्रमा ३०० शैय्याकाे सुविधा सम्पन्न सरुवाराेग अस्पताल बनाउने घाेषणा गरेकाे थियाे । तर, केस घट्दै जादा त्याे काम अगाडि बढ्न सकेन । पुन काेराेनाकाे दाेश्राे वेभ तिब्र रुपमा फैलिएको मात्रै छैन ५८४७ जनाकाे मृत्यु समेत भइसकेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरुवाराेग अस्पताल बनाउने विषय अहिले अन्याेल भएकाे छ । `मन्त्रालयका एक अधिकारीले भने, `निति कार्यक्रममा निकै मिठा कुरा गरियाे, जसले कुरा गरे उनैले अहिले अगाडि बढाएनन् ।´

पटक पटक मन्त्री पिरषद्मा प्रस्ताव लगेपनि ३०० शैय्याकाे सरुवाराेग अस्पताल बन्ने निर्णय हुन सकेन उनले भने । हाल देशमा एक मात्रै सरुवाराेग अस्पताल छ । जसकाे वेड क्षमता १०० मात्रै  छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com