वीर अस्पतालको अधिकार मन्त्रालयमा तानियो


काठमाडौं ।  कोरोना महामारीमा सरकारलाई असहयोग गरेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको अधिकार खोसिएको छ । सरकारले बुधबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा वीर अस्पताललाई कोभिड–१९ युनिफाईड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले पटक पटक वीर अस्पताल प्रशासनलाई सर्जिकल भवन संचालन गरी कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएपनि पदाधिकारी संचालन गर्न तयार थिएनन् । वीर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सहज नभएपछि सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा वीर अस्पताललाई युनिफाईड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने प्रबन्ध मिलाएको छ ।

सरकारले कानुनी प्रबन्ध मात्रै मिलाएको छैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उक्त अस्पताल चलाउने छ । वीर अस्पताल संचालन गर्न निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको एघारौ तहको अधिकृत वा बरिष्ठ चिकित्सक नियुक्ती गर्ने छ ।

यस अघि न्याम्स मातहत हुदै आएको थियो । सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको लागि जनशक्ती र आवश्यक स्रोत साधनको व्यवस्थापन स्वास्थ्य मन्त्रालय आफैले गर्ने छ ।

युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ को स्क्रीनिङ, फिभर क्लिनिक, परामर्श सेवा, कोभिड–१९ परीक्षण प्रयोगशाला, रेडियो इमेजिङजस्ता अन्य डायग्नोस्टिक सेवा, संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजनसहितको आइसोलेसन, एचडियु, आईसीयु, टेलिमेडिसिन, कल सेन्टर, होम आइसोलेसन फलोअप सेवा सञ्चालन गर्नेछ । एम्बुलेन्स तथा केन्द्रीय प्रेषण सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा सञ्चालन गर्ने अधिकार पनि केन्द्रीय अस्पताललाई दिइएको छ

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com