अक्सिजन प्लान्ट स्थापनका लागि सूर्य पेन्ट्स र न्यू टेक्निकलको सहयोग


काठमाण्डाैं । सूर्य पेन्ट्स एण्ड केमिकल इन्ड्रस्टिज हेटौडा र न्यू टेक्निकल काठमाडौंले अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग हस्तान्तरण गरेको छ ।
न्यू टेक्निकलका प्रमुख लक्ष्मीप्रसाद सुवेदीका अनुसार उद्योग परिसंघ हेटौडामार्फत हैटौंडा प्रादेशिक अस्पतालमा ग्यास प्लान्ट स्थापना गर्न र बतास फाउण्डेसनमार्फत गण्डकी प्रादेशिक अस्पताल पोखरामा ग्यास प्लान्ट स्थापना गर्न सहयोग हस्तान्तरण गरिएको हो ।
‘बतास फाउण्डेसनले सबैलाई सहयोग आह्वान गरेको थियो त्यसमा आफूहरूले पनि एक लाख सहयोग गरेको हो ‘ , उनले भने ।
त्यस्तै हेटौडा प्रादेशिक अस्पतालमा ग्यास प्लान्ट स्थापनाका लागि पनि एक लाख सहयोग गरिएको सुवेदीले जानकारी दिए ।
नेपाल उद्योग परिसंघ, हेटौडाले हेटौडा प्रादेशिक अस्पतालमा एक करोड २० लाख खर्चेर अक्सिजन प्लान्ट राखिदिने प्रतिबद्धता जनाएकाले संस्थाको जिम्मेवार व्यक्तिको हैसियतले आफूले पनि उक्त रकम उद्योग परिसंघ, हेटौडालाई दिएको उनको भनाई छ ।

सुवेदी आबद्ध ती संस्थाले स्वास्थ्य मन्त्रालयलाई पनि एक लाख सहयोग गरेको छ ।
नेपाल उद्योग परिसंघ केन्द्रीय कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन व्यवस्थापनका लागि सानो सहयोग उपलब्ध गराएको हो ।
त्यस्तै गोरखा , स्याङजा , काठमाडौं, पोखरा लगायतका ठाउँमा १ सय ७२ ग्यास सिलिन्डरसमेत सहयोग उपलब्ध गराएको सुवेदीको भनाई छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ