प्रतिष्ठानबाट वीर अस्पताल अलग बनाउने सरकारको निर्णय स्वागत योग्य


काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई वीर अस्पतालबाट अलग बनाउने सरकारको निर्णयलाई स्वागतयोग्य कदम भएको बताएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष डा रविन खड्काले न्याम्स र वीर अस्पताल अलग बनाउने सरकारको निर्णयको स्वागत गरे ।

सरकारी चिकित्सक संघ नेपालले विज्ञप्तीमा भनेको छ, चिकित्सा विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई अध्ययन–अध्यापन भन्दा बाहिरका अस्पतालको व्यवस्थापकिय काम–काज गर्न कठिनाइ हुने गरेको तथ्यलाई सरकारको निर्णयले उजागर गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ लाई संशोधन गरि वीर अस्पताललाई नेपाल सरकारको केन्द्रीय अस्पतालको रुपमा कायम राख्ने र प्रतिष्ठानलाई वीर अस्पतालबाट अलग स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा विकसित गर्नुपर्ने कुरा सरकारी चिकित्सक संघले वर्षौ देखि उठाउदै आएको थियो ।

संघका महासचिव डा किर्तिपाल सुवेदीले राज्यको सर्वोच्च स्वास्थ्य उपचार केन्द्रको प्रमुख पदमा स्वास्थ्य प्रणाली, उपचार पद्धति, सिद्धान्त लगायतको ज्ञान र अनुभव नभएका गैर चिकित्सकहरुको व्यवस्था हास्यास्पद हुदै आएको थियो । सरकारले गैर चिकित्सकको व्यवस्थालाई संशोधन गरी केन्द्रीय अस्पतालहरुको नेतृत्व ११ औं तहमा कार्यारत सरकारी चिकित्सकले नै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com