समाजसेवी थापाद्धारा दश हजार उपचार सहयोग


काठमाण्डौं । अमेरिकामा रहेका समाजसेवी हेम थापाले जंगली च्याउ खाएर बिरामी परेकाहरुको उपचारका लागि दश हजार आर्थिक सहयोग गरेका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जंगली च्याउ खाँदा बिरामी परेका परिवारको स्वास्थ्य उपचारमा सहयोग पुगोस भनेर दश हजार सहयोग गरेको थापाले बताएका छन् ।

                      समाजसेवी हेम थापा

 

गत शुक्रबार जंगली च्याउ खाएर सिलिचोङ–५ याफुका निर्जला राईसहित परिवारका ९ जना बिरामी भएका थिए । बिरामी भएका मध्ये एक जनाको मृत्यु भएको छ । २१ वर्षीया निर्जला राईको मंगलबार बिहान मृत्यु भएको आफन्त डेविन मेवाहाङले बताए ।

च्याउ खाँदा बिरामी परेकालाई उपचारका लागि अस्पताल लैजादै

निर्जलाको उपचारको क्रममा विराटनगरको लाईफगार्ड अस्पताल मृत्यु भएको हो । च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भइसकेको छ । त्यस्तै आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको परिवार स्रोतले जनाएको छ ।

उपचारमा आर्थिक अभाव भएपछि अमेरिकामा रहेर थापाले नेपालका गरिब, अशक्त तथा विपन्न परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएका छन् । थापाले सामाजिक संजालमा भनेका छन्, पिडितको उपचारमा केहि सहयोग पुगोस् भन्ने मनसायले हेम थापा एण्ड माया फाउण्डेशन नेपालको तर्फबाट खुसि मेबाहांङ, प्रेमकला अधिकारी, सुनिल बिश्वाकर्माको पहल र सहयोग गरिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com