भेरीका स्वास्थ्यकर्मी आन्दाेलनमा


  • काठमाडौं  । उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै सेवा बहिस्कार गरेका छन् ।
    अस्पतालका चिकित्सक डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर  कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

बिरामीको उपचार गर्न असुरक्षित भएपछि चिकित्सकहरुले शुक्रबार बिहानै देखि सेवा बहिस्कार गरेका छन् । एक जना बिरामीको मृत्यु भएकाे बिषयमा चिकित्सक माथि करिब १० जना तन्नेरीहरुले सांघातिक हमला गरेका थिए । उत्त हमलाबाट बच्न चिकित्सक तथा नर्सहरुले २० मिटर माथिबाट हाम फाल्नु परेकाे थियाे ।
अस्पतालका अनुसार आक्रमण हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले हाम फालेका थिए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी, नेपाल चिकित्सक संघ सहितको टोली अस्पतालमा पुगेर छलफल गरिरहेकाे छ । उता स्वास्थ्यकर्मी सेवा बहिस्कार गरेर  बाहिर निस्किएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com