दीपेन्द्रको पहलमा खुलेको आइसोलेसनलाई महिला एकता समाजमार्फत १० लाख सहयोग


काठमाडौं । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई नेपाल महिला एकता समाजले करिब १० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
समाजले एक्सन एडसँगको सहकार्यका उक्त आइसोलेसन सेन्टरलाई शुक्रबार १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा समाजका तर्फबाट अध्यक्ष धन लामाले बेड, ट्रली, किट, पिपिई सेट अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेकी हुन् ।
स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

सांसद श्रेष्ठका अनुसार एक्सन एडमार्फत नेपाल महिला एकता समाजले साधारण बेड १० थान, सेमीफोल्डर बेड १० थान, म्याट्रेस र सिरानी १० / १० थान, बेड साइड सकर १० थान, मेडिकल ट्रली १ थान, थर्मोगन ३ थान, पिपिई सेट ३० थान, थर्मोमिटर २० थान सहयोग गरेको हो त्यसैगरी कोभिड सुरक्षा किट २५० थान, पञ्जा २० थान, फेससिल्ड १ सय थान, मास्क २० थान, स्यानिटाइजर २ लिटर, डिस्इन्फेक्टेट सामग्री पनि महिला एकता समाजमार्फत सहयोग आएको छ । त्यो सामग्रीको मूल्य भ्याटसहित ९ लाख ४६ हजार १ सय ६३ रहेको सांसद श्रेष्ठले जनाए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com