टेकुमा कोभिडका बिरामी ह्वात्तै घटे


काठमाडौं । सधै थामिनसक्नु भिड हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार कोरोना कोभिड -१९  का बिरामीको संख्या ह्वात्तै घटेको छ ।

टेकु अस्पतालमा शुक्रबार ३ जना मात्र कोरोनाका बिरामी भर्न भएका हुन् । यसले कोरोनाको दोस्रो छाल बिस्तारै घटन थालेको देखिन्छ । संक्रमण सँगै मृत्यु पनि घटेको छ । २० दिन पछि मृत्युको संख्या पनि दुई अंकमा झरेको छ ।

दुई हप्ता अगाडी टेकुको दृश्य

अन्य बेला बरन्डा र आगनमा बिरामी राखेर उपचार गर्न बाध्य टेकु अस्पतालले बिस्तारै श्वास फेर्न थालेको छ । यसलाई चिकित्सकहरुले कोभिडको संक्रमण घट्दो क्रममा रहेको र केही दिन यस्तै अवस्था रहे दोस्रो छालबाट पनि पार पाउन सकिने बताउन थालेका छन् ।

टेकुका कोभिड चिकित्सक डा अनुप बास्तोलाले कोरोना घटेपछि आफ्नो प्रोफाइल तस्बिर समेत परिवर्तन गरेका छन् । यस अघि निकै पिडामा रहेको झल्काउने तस्विर राखेका बास्तोलाले शुक्रबार बाट निकै खुशी भएको फोटो सार्वजनिक गरेका छन् । उनको उक्त फोटोले पनि कोरोना कहरबाट चिकित्सकहरुले पार पाउँदै गएको बुझ्न सकिन्छ ।

डा अनुप बास्तोलाले शुक्रबार परिवर्तन गरेको तस्बिर

टेकु अस्पतालका इमर्जेन्सी बिभाग प्रमुख लिलानाथ भण्डारी कोरोना नियन्त्रणमा गएको बताउँछन् । अस्पतालमा ह्वात्तै लोड घटेकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले राहतको महशुस गरेको भण्डारीले बताए ।

शिक्षण अस्पतालमा पनि बिरामीको संख्या उल्लेख्य मात्रामा घटेको छ । अस्पतालका चिकित्सक डा सन्तकुमार दासका अनुसार अहिले अधिकाशं बेडहरु खाली भएका छन् । तर, सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरको भने अभाव जारी छ । डा दासले सेवा लिन आउने बिरामीले बेडका लागि कुर्नु नपर्ने बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com