सार्वजनिक स्वास्थ्य क्षेत्रमा ३ लाख विनियोजन


काठमाडौं । नेपालको पहिलो बजेट कहिले थियो सबैको चासोको विषय हो । उति बेला अहिलेको जस्तो चडकभडक बजेट हुदैन थियो । अहिले खर्बमा आउने बजेट त्यस बेला करोडमा आउथ्यो ।

सरकारले शनिवार सार्वजनिक स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको छ । तर, २००७ सालमा सावर्जनिक स्वास्थ्यमा ३ लाखको बजेट ल्याइएको थियो । जुन विगतका वर्षहरुमा भन्दा ३८ खर्च बढेको थियो ।

२००७ सालमा प्रजातन्त्र आए पछि प्रथम अर्थमन्त्री सुवर्णशमशेर राणाले २००८ माघ १९ गते पहिलो पटक बजेट प्रस्तुत गरेका थिए । देशको पहिलो बजेट २००७ सालमा सरकारको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्च २ करोड ४६ लाख २७ हजार मात्र थियो । सबै खर्च कटाएर वार्षिक ४३ लाख ९४ हजार रूपैयाँ नाफा बजेटमा देखाइएको थियो ।

सार्वजनिक स्वास्थ्य क्षेत्रमा ३ लाख शिक्षामा ५ लाख ५६ हजार विनियोजन गरेको थियो । जनताको जीवनस्तर बढाउने र अनेक सुबिधाहरु पुर्याउने नेपाली कांग्रेसको दृढ नीति भएकाले अहिले सम्म उपेक्षा गरिएका शिक्षा र सार्वजनिक स्वास्थ्यका क्षेत्रमा खर्च बढाइएको छ अर्थमन्त्री सुवर्णशमशेर राणाले भनेका छन् ।

यसै साल देखि शिक्षामा ५० र सार्वजनिक स्वास्थ्यमा ३८ खर्च बढेकोबाट साविकमा भन्दा धेरै प्रगति भएको दर्शाउदछ अर्थमन्त्री सुवर्णशमशेर राणाले भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com