वीर अस्पताल अगाडिको फार्मेसी महानगरले हटाउँदै


काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल अगाडि लहरै खोलिएका निजी फार्मेसी हटाउँदै छ । महानगरले वीर अस्पताल अगाडि अनधिकृत रूपमा बनेका संरचनामा डोजर लगाउने तयारी गरेको हो ।

महानगरले आज दिउँसो २ बजे वीर अस्पताल अगाडि फार्मेसी रहेका संरचनाहरूमा डोजर लगाउने जानकारी गराएको छ । अहिले फार्मेसीहरुले सामान हटाउने काम गरिरहेका छन् ।

वीर अस्पताल अगाडिको पार्किङले बिरामीको आवतजावतमा ठूलो समस्या परेको भन्दै स्वास्थ्य लाइभले केही समय अगाडि समाचार सार्वजनिक गरेको थियो । त्यस्तै फार्मेसी पनि अस्पतालको बगैँचामा खुलेको थियो । अस्पातलले हटाउन नसकेपछि महानगरपालिकाले आफै अघि सरेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वीर अस्पताल अगाडिको अस्तव्यस्त पार्किङ समेत हटाउने बताए । ‘अस्पताल अगाडिको फार्मेसीका टहराहरु हटाउने कुरा सुनेको छु’, उनले भने, हाम्रो अभियानमा अब पार्किङ समेत हटाउने छौं ।’

‘वीर अस्पतालको पार्किङ महानगरको क्षेत्रमा पर्दैन’, उनले भने, पार्किङ हटाउने भनेर महानगरपालिका लागेको  छ । त्यसमा पनि वीर अस्पताल जस्ता व्यस्त स्थानमा भएको पार्किङ हामीले चाँडै हटाउने छौं ।’, राजश्व विभागमा त्यहाँको पार्किङबारेमा जानकारी लिएर हटाइन प्रवक्ता मानन्धरले भनाइ छ ।

वीर अस्पताल अगाडि गरिएको पार्किङको रकम पनि बढी लिने गरेको उनले बताए । उक्त पार्किङबाट आफू समेत ठगिएको सुनाउँदै प्रवक्ता मानन्धरले भने अस्पताल अगाडि अब खुला बनाइने स्पष्ट पारे ।

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको स्वार्थका कारण वीर अस्पताल अगाडिको सडकमा स्मार्ट पार्किङ ठेक्कामा लगाएको बुझिएको छ । ठेकेदारको मनमौजीका कारण स्मार्ट पार्किङले वीर अस्पताल र वीर अस्पतालमा आउने सेवाग्राहीलाई सास्ती दिइरहेको छ ।

यता ठेकेदारले भने स्मार्ट पार्किङबाट मस्ती लुटिरहेका छन् । कतिसम्म भने महानगरको स्मार्ट पार्किङका कारण वीर अस्पतालको इमर्जेन्सी बिरामी लिएर आउने एम्बुलेन्स पनि अड्किन र रोकिन बाध्य छन् ।

नर्भिक पनि भत्किन्छ

नर्भिक अस्पतालले कब्जा गरेर बनाएको संरचना पनि चाँडै हड्ने नवीन मानन्धरले बताए । ‘हामी सुन्धर काठमाडौंको अभियानमा लागेका हौं । यो अभियानलाई कसैले असहयोग गरेर रोकिनेवाला छैन । त्यसैले अदालतले भनेर नर्भिक भत्किन रोकिने भन्ने हैन’, प्रवक्ता मानन्धरले भने ।’

उनले नियमविपरीत भएकाले अदातलबाट धेरै समय रोक्न नसक्ने दाबी गरे । केही संवेदनशील उपकरण भएकाले तत्काल अगाडि बढ्न नसकेको बताउँदै मानन्धरले महानगरले नर्भिकका बिरामी वीर अस्पतालमा सारेर भए पनि नर्भिकको अनधिकृत संरचना भत्काउने प्रस्ट पारे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com