वीर अगाडि महानगरको स्मार्ट पार्किङ: ठेकेदारलाई मस्ती, अस्पताललाई सास्ती


काठमाडौं । वीर अस्पताल अगाडि काठमाडौं महानगरपालिकाको स्मार्ट पार्किङले गर्दा ठेकेदारलाई मस्ती र अस्पताललाई  र सेवाग्राहीलाई सास्ती भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्या सुन्दर शाक्यको स्वार्थका कारण वीर अस्पताल अगाडिको सडकमा महानगरले स्मार्ट पार्किङ ठेक्कामा लगाएको छ । ठेकेदारको मनमौजीका कारण स्मार्ट पार्किङले वीर अस्पताल र वीर अस्पतालमा आउने सेवाग्राहीलाई सास्ती दिइरहेको छ । यता ठेकेदारले भने  स्मार्ट पार्किङबाट मस्ती लुटिरहेका छन् ।

कतिसम्म भने महानगरको स्मार्ट पार्किङका कारण वीर अस्पतालको इमर्जेन्सी बिरामी लिएर आउने एम्बुलेन्स पनि अड्किन र रोकिन बाध्य छन् । अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ ठेक्कामा लगाएर अस्पताल र सेवाग्राहीमाथि ज्यादती गरिरहेको छ ।

ललितपुर महानगरपालिकाले चर्को आलोचना भएपछि स्मार्ट पार्किङको ठेक्का खारेज गर्‍यो । काठमाडौं महानगरपालिकाले भने ठेकेदारको स्वार्थमा वीर अस्पताललाई नै अस्तव्यस्त पार्ने गरी स्मार्ट पार्किङ लागू गरेरै छाड्यो । वीर अस्पताल अगाडिको सडकमा महानगरको स्मार्ट पार्किङले महानगरलाई नै लज्जित बनाउने काम गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर स्मार्ट पार्किङ खारेज गर्ने पक्षमा महानगर रहेको बताउँछन् । वीर अस्पताल अगाडिको सडकमा महानगरको स्मार्ट पार्किङले अस्पताल र सेवाग्राहीलाई सास्ती दिइरहेको स्वास्थ्य लाइभको जिज्ञासामा उनले स्मार्ट पार्किङ खारेज गर्ने धारणा राखे ।

प्रवक्ता मानन्धर स्मार्ट पार्किङ खारेज गर्ने पक्षमा आफू रहेको सुनाउँछन् । यस विषयमा महानगरले छिट्टै निर्णय गर्ने उनको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## एम्बुलेन्स, ## वीर अस्पताल, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्मार्ट पार्किङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com