राजधानी बाहिर “ए” ग्रेडकाे अनुमति पाउने एकमात्र ल्याब “एनपिएल”


बुटवल ।  बुटवलमा अवस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरले राजधानी बाहिरको पहिलो “ए” ग्रेडकाे अनुमति पाउन सफल भएकाे छ ।

याे सँगै नेशन प्याथ ल्याब राजधानी बाहिरकाे पहिलाे “ए” ग्रेडकाे अनुमति प्राप्त ल्याब बनेको हाे  । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा “ए”  ग्रेडको मान्यता दिएको हो ।

नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि “ए” ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

‘हामीले ए ग्रेडको ल्याबको अनुमति पायौं,’ नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘यससँगै हामी राजधानी बाहिरको “ए” ग्रेडको पहिलो प्रयोगशाला भएका छौं ।’ उनले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए । जाेशीले आफ्नाे पहिलाे उदेश्य भनेकै नेपालबाट नमुना बिदेशीनु नपरोस् भन्ने भएकाे बताए । ल्याबले “ए” ग्रेडकाे अनुमति पाएसँगै उक्त अभियानमा साथ पुगेकाे छ उनले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com