११ बुँदे घोषणापत्र जारी गर्दै सकियो चिकित्सक संघको राष्ट्रिय सम्मेलन


काठमाडौं । नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सकिएको छ । मंगलबार र बुधबार जारी सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । दुई दिन सम्म चलेको सम्मेलनमा विभिन्न ७ वटा विषयमा छलफल भएको थियो ।

महामारी रोकथामका बेलाका सिकाइ र अनुभवहरुलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप उत्थानशिल बनाउन नेपाल चिकित्सक संघले विशेष पहल गर्ने भएको छ । त्यस्तै कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षिय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न पहल गर्ने भएको छ ।
तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभवकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न तीनै तहका सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने जनाएको छ ।
आपतकालिन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगाएत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने भएको छ । औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने विषयमा पहल गर्ने छ । छुट्टै मानव संसाधन विभागको स्थापना गर्ने पनि घोषणापत्रमा समेटिएको छ । औषधि तथा स्वास्थ्य उपकरण खरिदका लागि छुट्टै खरिद ऐन निर्माणको लागि पहल गर्ने उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com