५५ लाख खोप सुनिश्चित, जोन्सनको पनि आज आउने


काठमाडौं । पछिल्लो एक सातामा ५५ लाख डोज कोभिड विरुद्धको खोप सुनिश्चित भएको छ । चीनबाट खरिद गरेको ४० लाख र जोन्सन एण्ड जोन्सन मार्फत १५ लाख ३४ हजार बढी खोप सुनिश्चित भएको हो । सुनिश्चित भएको खोप मध्ये ८ लाख चीनबाट शुक्रबार नेपाल आएको छ । बाँकी खोप क्रमश आउने अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले ८ लाख डोज खोप पहिलो चरणमा चीनबाट आएको र बाँकी क्रमश आउने बताए । ढुंगानाले प्राप्त खोप कोभिड १९ विरुद्धको राष्ट्रिय खोप योजना अनुसार चरणबद्ध रुपमा लक्षित समूहलाई बिभिन्न चरणमा प्रदान गरिने बताए । असार १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग ४० लाख खोप आउने बताएको थियो ।

चीनबाट ४० लाख खोप आउने सुनिश्चितता भएको एक हप्ता नवित्दै कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ खोप सोमबार आउने स्वास्थ्य सेवा विभागले जनाएको छ । कुनै अवरोध नआए सोमबार सो खोप आइपुग्ने छ । ‘जोन्सन एण्ड जोन्सन’ को खोप एक मात्रा लगाए पुग्छ ।

जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुका अनुसार एउटा भाइलबाट एक मात्रा खोप तानेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ ।

चीनबाट यस पटक आएको खोप एक भायलमा दुई मात्रा भएको छ । अनुदानमा आएको एक भायलमा एक जनालाई मात्रै लगाउन मिल्ने थियो । भने दुई लाख सिरिज्नमा आएको थियो । यसले गर्दा भण्डारण क्षमतामा समस्या भएको थियो ।

मन्त्रालय उच्च स्रोतका अनुसार माइनस २० डिग्रिमा भण्डारण गर्ने मोर्डोनाको खोप पनि चाडै आउने भएको छ । संख्या एकिन नभएपछि छलफल सकारात्मक रुपमा अगाडी बढेको छ । उक्त खोप बालबालिकालाई दिइने छ । माइनस २० को खोप २० लाख सम्म भण्डारण गर्न सक्ने क्षमता छ ।

मन्त्रालय स्रोतका अनुसार कोभ्याक्स सुविधा मार्फत ४० लाख मोर्डोना र १ करोड १० लाख जोनसोन एण्ड जोनसोन किन्न कोभ्याक्स सुबिधा मार्फत प्रस्ताव गरिएको छ । मोर्डोना सन् २०२२ को पहिलो चार महिना भित्र र जोनसोन एण्ड जोनसोन सन् २०२१ को अन्तिम चार महिना भित्र आउने बताइएको छ ।

कहाँ कति अट्छ
स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार हेटौँडा स्टोर बाहेक अन्य सबै स्टोरमा एक लाख ५० हजार खोप भण्डारण क्षमता रहेको छ । हेटौंडामा ५० हजार सम्म भण्डारण गर्न सकिन्छ । केन्द्रिय खोप भण्डारण स्टोर र पथलैया मेडिकल स्टोरमा गरी ७ लाख भ्याक्सिन भण्डारण सम्भव छ ।

विमान स्थलमा पनि २ लाख सम्म खोप भण्डारण गर्न सकिन्छ । नियमीत खोप पनि भण्डारण गर्नु पर्ने भएकाले एक पटकमा १५ लाख भन्दा बढी भ्याक्सिन भण्डारण गर्न सकिदैन । तर, विभागले खोप वितरणलाई व्यवस्थित र वैज्ञानीक बनाएको छ । केन्द्रबाट खाली गरी क्षेत्र र क्षेत्रबाट तत्काल जिल्लामा पठाउँदा भण्डारण खाली हुदै जान्छ ।

विराटनगर १ लाख ५० हजार, हेटौंडा ४० हजार, बुटवल १ लाख १२ हजार र बाग्मतीमा ३ लाख राखिएको छ । अन्य प्रदेशमा पनि सोही अनुपातमा खोप वितरण भएको छ । अहिले आएको ८ लाख वितरण गरेर खोप संचालन तत्काल गरिने छ । यसो गर्दा मेडिकल स्टोर खाली हुन्छ । जिल्लाले खोप चलाउदै गर्छ । थप आएको खोप पुन केन्द्र र मेडिकल स्टोरमा जान्छ । जिल्लाको पहिलो चरण सकिएकाले गएको खोप पुन जिल्लामा दोस्रो मात्रा सुरु गरिन्छ । यसरी रोटेसनमा खोप चलाइने छ ।

हाल सम्म खोपको अवस्था

हालसम्म प्राप्त खोप ः ५० लाख ४८ हजार

कोभिसिल्ड ः २४ लाख ४८ हजार
– भारतबाट अनुदान ः १० लाख
– खरिद गरेको ः १० लाख
– नेपाली सेनालाई सहयोग ः एक लाख
– कोभ्याक्स सुविधा ः तीन लाख ४८ हजार

भेरोसेल ः २६ लाख
– चीन सरकारको अनुदान ः आठ लाख
– तिब्बत सरकारको सहयोग ः दुई लाख
– चीन सरकारको थप सहयोग ः आठ लाख
–खरिद गरेको ८ लाख

प्रयोग भएको खोप

कोभिसिल्ड
– पहिलो डोज ः १८ लाख २३ हजार ६६३
– दोस्रो डोज ः ६ लाख १० हजार १३८
– खेर गएको ः १४ हजार १९९

भेरोसेल
– पहिलो डोज ः ४ लाख ८५ हजार ४२
–दोस्रो डोज ः तीन लाख ७३ हजार ९९४
– प्रयोग गर्न बाँकी ः अनुमानीत १७ लाख ४० हजार ९६४

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com