दुर्गा प्रसाई एमालेको केन्द्रीय सदस्यमा प्रस्तावित


काठमाडौं । झापाको वितामोडस्थित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गर्ने सूचीमा परेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व जाँदा सात करोड बढी मूल्य पर्ने गाडी चढाएर चर्चामा आएका प्रसाईको नाम एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको हो ।

चितवन महाधिवेशनबाट आफ्नो नाम केन्द्रीय सदस्यमा नपरेपछि प्रसाई ओलीसँग रिसाएका थिए । उनले आफू केन्द्रीय सदस्यमा नपरेपछि सामाजिक सञ्जालमा अध्यक्ष ओलीप्रति आक्रोशसमेत पोखेका थिए । अहिले ओलीले उनै प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घरमा लगेर मार्सी चामलको भात खुवाएपछि उनी निकै चर्चामा आएका थिए । उनलाई दुर्गा प्रसाई भन्दा बढी मार्सीको नामले चिन्ने गरेका छन् ।

ओलीले उनकाे नाम केन्द्रीय सदस्यमा मनोनित गर्न प्रस्ताव गरेपछि प्रसाईको एमालेको केन्द्रीय सदस्य हुने सम्भावना बढेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com