मास्क अनिवार्य लगाउन प्रशासनको आग्रह


काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई अपिल गरेको छ।

पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार जारी सुचनामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ। कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्थामा बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सम्पूर्ण सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए। ‘

सरकारी कार्यलयमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ ।

। जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाए सँगै यसको अनुगमनलाई समेत जोड दिने जारी सूजनामा उल्लेख छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #कोभिड–१९ को सङ्क्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com