काम गर्दिनन् हप्काउछिन् मात्र स्वास्थ्य सचिव गुरागाईं


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईंले काम(निर्णय) नगर्ने आरोप लाग्दै आएको छ । उनले कामको माख्खो नमारेपछि स्वास्थ्यका कर्मचारीहरू हैरान छन् ।

सचिव गुरागाईं निर्णय नगरी काम टार्न थालेपछि स्वास्थ्यका कर्मचारीहरु हैरान भएका हुन् । तिनै काम नगर्ने सचिव गुरागाईं पछिल्लो समय कर्मचारी हप्काउन थालेकी छिन् । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुका अनुसार पछिल्ला केही दिनमा उनले स्वास्थ्यमा नहप्काएका कर्मचारी छैनन् । सचिव गुरागाईंले आफ्नो कार्यकक्षमा मातहतका कर्मचारीलाई एक्लाएक्लै बोलाएर हप्काउन थालेकी हुन् ।

काम नगर्ने हप्काउने मात्र सचिव गुरागाईंको शैलीले स्वास्थ्यका कर्मचारी हैरान भएका छन् । स्वास्थ्य लाइभमा प्रकाशित गरेको समाचारको विषयलाई लिएर उनले कर्मचारी ‘ह्यारेसमेन्ट’ गर्न थालेकी हुन् । ‘नाच्न नजान्ने आँगन टेडो’, भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सचिव गुरागाईंले कर्मचारी थर्काउने गरेको देखिन्छ ।

कामको माख्खो नमार्ने सचिव गुरागाईंलाई मन्त्रालयमै आउन लाज लाग्नु पर्ने हो । तर, उनी उल्टै निर्धक्क मन्त्रालय आएर कर्मचारीमाथि दुर्व्यवहार गर्न थालेकी छिन् । सचिव गुरागाईंको यस्तो हर्कतविरूद्ध स्वास्थ्यका ट्रेड युनियनहरूले कडा कदम चाल्नु पर्ने आवाज उठ्न थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com