लेखेरै उपसचिव र सहसचिव भएका कोइराला सचिव नभइ घर गए, दाहाल र मैनाली लाइनमा

काठमाडौं। लेखेरै उपसचिव र सहसचिव भएका यज्ञराज कोइराला सचिव नभइकन घर गएका छन्। ५८ वर्ष उमेर हदका कारण कोइराला आईतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।
२०५५ सालका शाखा अधिकृत कोइराला आन्तरिक प्रतिस्पर्धाबाट २०६६ सालमा उपसचिव भएका थिए। २०७३ सालमा आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव भएका कोइराला सचिव नभइ घर गएका हुन्। २०२४ साल असोज ५ गते विराटनगरमा जन्मिएका कोइराला कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रशासन हेर्ने सहसचिवबाट अवकाशमा गएका छन्।
कोइरालाला मात्र होइन लेखेर उपसचिव र सहसचिव भएका कुमारप्रसाद दाहाल र दीर्घराज मैनाली पनि सचिव नभइ चालू आर्थिक वर्षमै सहसचिवबाटै घर जाने सूचीमा छन्। राष्ट्रिय समावेशी आयोगको सचिवको भूमिकामा रहेका दाहाल मंसिर दोस्रो साता र राष्ट्रिय सूचना आयोगको सचिवको भूमिकामा रहेका सहसचिव मैनाली ५८ वर्ष लागेर बैशाख दोस्रो साताबाट अनिवार्य अवकाशमा जाँदैछन्।
२०५५ सालका शाखा अधिकृत दाहाल लेखेरै २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव भएका थिए। दाहालभन्दा ४ वर्ष अघि २०५१ सालका अधिकृत मैनाली लेखेरै २०६६ सालमा उपसचिव भएका थिए। दाहाल र मैनाली २०७४ साल बैशाखमा एकैदिन आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। मैनालीभन्दा दाहाल ५ महिना अघि नै ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान भएका छन्। उपसचिव र सहसचिवमा लेखेर आएका कोइराला सचिव नभइ घर गएका छन् अब दाहाल र मैनाली घर जाने लाइनमा उभिएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कुमारप्रसाद दाहाल, #दीर्घराज मैनाली, #यज्ञराज कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस