नेपाल सरकारका एक सहसचिव भाइभन्दा झन्डै डेढ वर्ष कान्छा!


काठमाडौं। सिंहदरबारभित्र निजामती कर्मचारीका अनेकौं किस्सा सुन्न पाइन्छ। पछिल्लो समय सिंहदरबारभित्र सहसचिवहरूको रामकहानी सुन्न थालिएको छ। कोही सहसचिवले समाजिक मर्यादालाई चुनौती दिन थालेका छन्। कोही सहसचिवले भने प्रकृतिलाई नै चुनाैती दिएको चर्चा चल्न थालेको हो।

यस्तै एउटा किस्सा सहरी विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख (सहसचिव) नारायणप्रसाद मैनालीमाथि पनि चल्ने गरेको छ। नेपाल सरकारका उपसचिव रामप्रसाद मैनाली र सहसचिव नारायणप्रसाद मैनालीको उमेरको विषयमा किस्सा चल्ने गरेको हो। प्राकृतिलाई नै चुनौती दिने खालको उनीहरूको किस्सा छ।

नारायणभन्दा पछाडि जन्मिएको दाबी गरिएका रामप्रसाद मैनाली ५८ वर्ष पूरा भएर डेढ महिनापछि (२०८३ जेठ १८) गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनी निकट जानकारहरूका अनुसार उनीभन्दा अघि जन्मिएका सहसचिव नारायणप्रसाद मैनाली भने ५८ वर्ष पूरा हुन अझै डेढ वर्ष बाँकी छ। नारायण २०८४ साल कार्तिक १० गते मात्र ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानेछन्।

नागरिकताको उमेर अनुसार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक एवं गुनासो सुन्ने अधिकारी रामप्रसाद मैनाली २०८३ साल जेठ १८ गते ५८ वर्ष पूरा हुन्छन्। उनी २०२५ साल जेठ १८ गते जन्मिएका हुन्। प्राकृतिक हिसाबले अघि जन्मिएका नारायणको नागरिकता अनुसारको जन्ममिति २०२६ साल कार्तिक १० गते हो। नारायण २०८४ कार्तिक १० गते मात्र ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानेछन्।

एक वर्षभन्दा बढी समय बेलायततिरै लापत्ता भएका रामको जागिर २०७० सालमै जानुपर्ने हो। राजनीतिक तथा प्रशासनिक पहुँच र प्रभावका भरमा उनको जागिर चलाखीपूर्ण ढंगले जोगिएको देखिन्छ। रामप्रसाद सहसचिव नै नभइ डेढ महिनापछि घर जाँदैछन्। नारायणको भने डेढ वर्ष बढी जागिर बाँकी छ। अब राम र नारायणको जन्ममिति एकिन गर्ने काम बालेन सरकारको थाप्लोमा आइपुगेको छ।  उनीहरूको उमेर एकिन गर्ने काम सरकार कै हो। राम र नारायण को दाजु को भाइ हुन भनेर सरकारले नै खुट्याउने काम गरोस्! बेथिति अन्त्य र सुशासन कायम गर्न यस्ता कुरामा पनि सरकारको ध्यान जान आवश्यक छ।

क्याटेगोरी : समाचार
ट्याग : #उमेर विवाद, #नारायणप्रसाद मैनाली, #रामप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ