समाज कल्याण परिषद्को जागिर चैट हुनेबित्तिकै पशुपति ताकेका सरोजकुमार शर्मा


काठमाडौं। समाज कल्याण परिषद्का सदस्यसचिवबाट बर्खास्त भएका सरोजकुमार शर्माले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न दौडधुप गरिरहेको पाइएको छ। तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठसँगको सेटिङमा शर्मा समाज कल्याण परिषद्को सदस्यसचिव बनेका थिए। श्रेष्ठलाई उनले परिषद्को कानुनी सल्लाहकार समेत बनाएर विवादमा तानिएका थिए। बालेन सरकारले अध्यादेश ल्याएर पदमुक्त गरेका उनै शर्मा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्ने दौडधुपमा लागेको पाइएको हो।

सहकारी विकास बोर्डका उपाध्यक्ष समेत भइसकेका शर्मा आदर्शको सेटिङमा समाज कल्याण परिषद्को सदस्यसचिव भएका थिए। समाज कल्याण परिषद् खारेजीमा परिसकेको छ। उक्त परिषद्बाट पदमुक्त भएका शर्माले भने पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न आवेदन हालेका छन्। महोत्तरीका शर्माले एक्कासी समाज कल्याण परिषद्को सदस्यसचिव बनेका थिए। त्यस्तै गरी उनी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्ने दाउमा देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #सरोजकुमार शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ