मन्त्रालयहरूको भटाभट ‘ओएन्डएम’ दर्ता, राष्ट्रिय किताबखानाको विशेष ‘टाक्स-टिम’ सक्रिय


काठमाडौं। संघीय सरकारका विभिन्न मन्त्रालयको संगठन तथा पद दर्ता (ओएन्डएमपछि) गराउन थालेका छन्। राष्ट्रिय किताबखानाको विशेष ‘टास्क-टिम’ले शुक्रबार बेलुकासम्म १० मन्त्रालय र अन्तर्गतका १२७ निकायहरूको संगठन तथा पद दर्ता सम्पन्न भएको हो।

नेपाल सरकार,मन्त्रिपरिषदको २०८३/३/३२ को नयाँ संगठन तथा पद दर्ता गर्ने निर्णय कार्यान्वयन गर्ने क्रममा आज श्रावण १५ गते शुक्रवारसम्म १० मन्त्रालय तथा अन्तर्गतका थप १२७ निकायहरु समेत गरी कुल १३७ निकायका संगठन तथा पद दर्ताका लागि फाइल प्राप्त भएकोमा सवै पदहरुको दर्ता प्रकृया टुंगिएको राष्ट्रिय किताबखानाले जनाएको छ। राष्ट्रिय किताबखानाले विशिष्ट श्रेणीको १० , सहसचिव वा सो सरहको ८१ सहित कुल ४,६८२ पद/दरवन्दी दर्ता गरेको हो। योसँगै एक मन्त्रालय एक सचिव पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।

वैदेशिक र श्रम विभागमा हटाइए ‘डिडिजी’
वैदेशिक रोजगार विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा रहेको उपमहानिर्देशक (डिडिजी)को पद हटाइएको छ। वैदेशिक रोजगार विभागका १ महानिर्देशक (सहसचिव)सहित ८९ दरबन्दी र श्रम विभागमा १ महानिर्देशक (सहसचिव)सहित २५ दरबन्दी कायम गरिएको छ। राष्ट्रिय किताबखानाबाट पनि डिडिजी पद उडेको हो।
यस्तो छ पछिल्लो संगठन संरचनाको सूची

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ