प्रधानमन्त्री कार्यालयको काजमा रहेका सहसचिव ज्ञवाली राजीनामा दिने मनस्थितिमा


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काजमा रहेका सहसचिव लेखनाथ ज्ञवाली राजीनामा दिने तयारीमा रहेका छन्। केही समयदेखि बिदामा रहेका सहसचिव ज्ञवालीले राजीनामा दिएको चर्चा थियो। स्वास्थ्य लाइभसँगको कुराकानीमा सहसचिव ज्ञवालीले राजीनामा नदिएको तर राजीनामा दिने मनस्थितिमा रहेको बताए। उनले आफ्नो केही दिनको बिदा सकिन लागेकाले राजीनामा दिने मनस्थिति बनाएको सुनाए।

लेखनाथ ज्ञवाली जेष्ठताका आधारमा गत माघमा सहसचिवमा बढुवा भएका थिए। सहसचिवमा बढुवा भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा खटाइएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कर्मचारी विवरणमा सहसचिव ज्ञवालीलाई कुनै जिम्मेवारी दिएको पाइँदैन। सहसचिव ज्ञवाली असोज २७ गते ५८ वर्षे उमेर पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनको जागिर २ महिना पनि बाँकी छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा लगिएका दुई सहसचिवमध्ये गोपालप्रसाद अर्याललाई हेलो सरकार व्यवस्थापन सम्बन्धी निर्देशिका परिमार्जन तथा गुनासो व्यवस्थापन सम्बन्धी जिम्मेवारी दिइएको छ। ज्ञवालीलाई भने कुनै जिम्मेवारी दिएको भेटिदैन।

प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा एक सहसचिव बढी हुँदा प्रधुम्नप्रसाद उपाध्यायलाई व्यवस्थापन गरिएको छैन। कविन्द्र नेपाल, नवराज ढकाल, केशवराज सुवेदी र हेमराज अर्यालमध्ये नेपाल प्रशासन सेवाका सहसचिव आउट हुने अवस्थामा छन्। यस्तो अवस्थामा काजमा खटिएका सहसचिव ज्ञवाली ‘बालुवामा हलुवा’ बनिरहेका थिए। अवकाशको मुखमा रहेका सहसचिव ज्ञवालीले राजीनामाको बाटो रोज्ने मनस्थिति बनाएकाे पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #लेखनाथ ज्ञवाली, #सहसचिव लेखनाथ ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ