प्रधानमन्त्री कार्यालयबाट प्रशासनका दुई सहसचिव बाहिरिए, नयाँ दरबन्दीमा तथ्याङ्कका आए


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल प्रशासन सेवाका दुई सहसचिव बाहिरिएका छन्। प्रधानमन्त्री कार्यालयबाट प्रशासनको दरबन्दी कटौती गरेर प्राविधिकको दरबन्दी थपेपछि दुई सहसचिव बाहिरिएका हुन्।

प्रधानमन्त्री कार्यालयबाट नेपाल प्रशासन सेवाका सहसचिव केशवराज सुवेदी र नवराज ढकाल बाहिरिएका छन्। सुवेदीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरूवा भएको छ। त्यस्तै ढकाल युवा, श्रम तथा रोजगार मन्त्रालयमा पुगेका हुन्। ढकाल ल्हासाका महावाणिज्यदूत भइसकेका सहसचिव हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यकालमा प्रशासनको सहसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथ्याङ्कको सहसचिव राखेपछि सुवेदी र रेग्मीको साटफेर भएको हो। राष्ट्रिय तथ्याङक कार्यालयमा पहिला प्रशासनका सहसचिव छबिन्द्र पराजुलीलाई पठाउदा दरबन्दी नभएपछि फिर्ता आएका थिए। अहिले भने दरबन्दी सिर्जना गरेर प्रशासनका सहसचिव सुवेदीलाई पठाइएको हो।

प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा बढी सहसचिव भएपछि प्रधुम्नपप्रसाद उपाध्याय जिम्मेवारीविहीन अवस्थामा जस्तै थिए। अब उनको पनि व्यवस्थापन हुने भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #केशवराज सुवेदी, #नवराज ढकाल, #हेमराज रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ