लेखाबाट आएका नेपाल सचिव नभइ घर गए, शिक्षाबाट आएका भट्ट सचिव भए 


काठमाडौं। श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्ट सचिव बढुवामा एकसाथ सिफारिस भएका थिए। उनीहरूमध्ये भट्ट सचिव भए। नेपाल भने सचिवको मुखबाट चिप्लिएर घर गएका छन्। नेपाल ५८ वर्ष पूरा भएर सहसचिवबाटै घर गएका हुन्।

श्रीकृष्ण नेपाल २०६६ साल वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट लेखाको उपसचिव भएका थिए। उनीसँगै लेखा उपसचिव भएका उमाकान्त सहसचिवबाटै ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। सोही सिफारिसमा परेका नेत्रप्रसाद सुवेदी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव छन्। उनको अब डेढ वर्ष जति जागिर बाँकी छ।

२०६६ वैशाखमै आन्तरिक प्रतिस्पर्धाबाट शिक्षा प्रशासनतिरका उपसचिव भएका नारायणप्रसाद भट्ट प्रशासनको सहसचिव भएर सचिवमा बढुवा भएका छन्। उनीसँगैका शिलातिरका उपसचिव नारायणप्रसाद भट्टराई पनि प्रशासन सेवा कै सहसचिव हुन्।

नेपाल २०७१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट र भट्ट खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। एकैपटक लेखा र शिक्षाबाट आएका सहसचिवमध्ये भट्ट सचिव भए भने नेपाल सचिव नभइ घर गएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद भट्ट, #नारायणप्रसाद भट्टराई, #नेत्रप्रसाद सुवेदी, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ