१ सचिव र ४ पूर्वसचिवलाई पछि पार्दै शिक्षक सेवा आयोगको अध्यक्ष बनेका डा. हरिप्रसाद लम्साल


काठमाडौं। डा. हरिप्रसाद लम्साल १ बहालवाला र ४ पूर्वसचिवलाई पछाडि पार्दै शिक्षक सेवा आयोगको अध्यक्ष बन्न सफल भएका छन्। संघीय संसद् सचिवालयका बहालवाला सचिव डा. रोजनाथ पाण्डे, पूर्वशिक्षा सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश अधिकारी, पूर्वसचिव मधुसूदन अधिकारी र रघुराम विष्टलाई पछि पार्दै डा. लम्साल शिक्षक सेवा आयोगको अध्यक्ष बन्न सफल भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव डा. लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो।

२०८० चैत अन्तिमतिर सचिवमा बढुवा भएका डा. लम्साल २०८२ फागुन अन्तिमतिर ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका थिए। त्यसको ६ महिनापछि उनी शिक्षक सेवा आयोगको अध्यक्ष बनेका छन्। सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको प्रमुख सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, राष्ट्रपति कार्यालय हुँदै घर गएका थिए। शिक्षा मन्त्रालयमा सहसचिवको भूमिकामा लामो समय काम गरेका लम्साल शिक्षक सेवा आयोगको अध्यक्षको बन्न सफल भएका हुन्।

डा. लम्साल शिक्षक सेवा आयोगको अध्यक्ष बनेपछि १ बहालवाला सचिव र ४ पूर्वसचिव हेरेको हेरै भएका छन्। ५८ वर्ष पूरा भएर घर गएका डा. लम्साल ६ महिनापछि सरकारी सेवामै फर्किएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. हरिप्रसाद लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ