महिलाबाट नेपाल सरकारको सचिव रहेकाहरू
काठमाडौं। नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा आधा दर्जन बढी महिला कार्यरत छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्रलाई उक्त सूचीमा थप्ने हो भने उक्त संख्या बढ्न सक्छ। निजामती सेवामा महिला सचिवहरूको सशक्त उपस्थिति रहेको देखिन्छ।
विन्दु विष्ट, सरिता दुवाडी, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल, निर्मला अधिकारी भट्टराई, इन्दिरा दाहाल भट्टराई, चन्द्रकला पौडेल र इन्दु घिमिरे विशिष्ट श्रेणीमा कार्यरत महिला हुन्। उनीहरूमध्ये सरिता र इन्दुले त मन्त्रालय नै हाँकिरहेका छन्। सरिता दवाडी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव हुन्। इन्दु रक्षा सचिवको भूमिकामा छिन्। सरिता महिला आरक्षण प्रयोग गरेर र इन्दु आन्तरिक प्रतिस्पर्धाबाट उक्त पदमा पुग्न सफल भएका हुन्।
विन्दु विष्ट महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षक (सचिव) हुन्। उनी खुला प्रतिस्पर्धाबाट उक्त पदमा पुगेकी हुन्।लक्ष्मीकुमारी बस्नेत राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकृत (सचिव)को भूमिकामा छिन्। महिला कोटाबाट सहसचिव भएर सचिवमा बढुवा भएकी लक्ष्मीले सञ्चार, महिला जस्ता मन्त्रालय चलाइसकेकी छिन्।
कानुनतिरका सचिव निर्मला अधिकारी भट्टराई, र इन्दिरा दाहाल भट्टराई रहेका छन्। निर्मला सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव हुन्। इन्दिरा नेपाल कानुन आयोगको सचिवको भूमिकामा छिन्। निर्मला महिला कोटाबाट र इन्दिरा बढुवाबाट सहसचिव हुँदै सचिव भएका हुन्।
चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालयको सचिवको भूमिकामा छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कमाण्ड सम्हालेकी चन्द्रकला हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छिन्। उनी महिला आरक्षणबाट उपसचिव र सहसचिव भएकी हुन्।
राधिका अर्याल कर्णाली प्रदेशको प्रमुख सचिव रहेकी छिन्। महिला कोटाबाट सहसचिव हुँदै सचिव भएकी राधिका, सञ्चार, महिला जस्ता मन्त्रालय चलाएर कर्णाली पुगेकी हुन्। उनीसहित आधा दर्जन बढी महिलाहरू नेपाल सरकारकाे विशिष्ट श्रेणी (सचिव)को भूमिकामा छन्।
➡️सरिता दवाडी,
➡️इन्दु घिमिरे,
➡️चन्द्रकला पौडेल,
➡️निर्मला अधिकारी भट्टराई,
➡️इन्दिरा दाहाल भट्टराई,
➡️बिन्दु विष्ट,
➡️लक्ष्मीकुमारी बस्नेत,
➡️राधिका अर्याल
क्याटेगोरी : समाचारट्याग : #इन्दिरा दाहाल भट्टराई, #इन्दु घिमिरे, #चन्द्रकला पौडेल, #निर्मला अधिकारी भट्टराई, #बिन्दु विष्ट, #राधिका अर्याल, #लक्ष्मीकुमारी बस्नेत, #सरिता दवाडी


तपाईको प्रतिक्रिया दिनुहोस