निलम्बित सम्पत्ति शुद्धीकरणका पूर्व’डिजी’ ठाकुरसँग मागियो ३ लाख धरौटी 


काठमाडौं। विशेष अदालतले निलम्बित सम्पत्ति शुद्धीकरण विभागका पूर्वमहानिर्देशक’डिजी’ गजेन्द्रकुमार ठाकुरसँग ३ लाख रुपैयाँ धरौटी मागेको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३ लाख रुपैयाँ धरौटी मागेको हो। बुधबार हाजिर हुन पुगेका ठाकुरसँग विशेष अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थसचिव ठाकुर समेतका प्रतिवादीविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर हो। ३५ करोड बिगो मागदाबीसहित दायर भएको भ्रष्टाचार मुद्दामा ठाकुरसँग ३ लाख रुपैयाँ धरौटी मागिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उपमहानिर्देशक र दुईपटक महानिर्देशक भएर काम गरेका ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। मधेश प्रदेशको तत्कालीन अर्थ सचिवको हैसियतमा अख्तियारले बागमती नगरपालिकाको फनपार्क एण्ड रिसोर्ट आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा भवन, पार्क लगायत निर्माणका लागि बजेट निकासा गर्न भूमिका खेलाका तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सचिव ठाकुर, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपानेविरूद्ध दायर गरेको छ। उक्त भ्रष्टाचार मुद्दामा बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, बिकोई धुलिखेल जेभी र उक्त कम्पनीका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ