पूर्वाधार विकास मन्त्रालयमा सचिव रिक्त, तीन सहसचिव सचिवका लागि प्रतिस्पर्धामा
काठमाडौं। गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएको छ। पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएसँगै बढुवा सिफारिसको तयारी भइरहेको हो। इन्जिनियरिङ सेवा (प्राविधिक) सचिव बढुवाका लागि सहसचिवत्रय नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनाली प्रतिस्पर्धामा रहेका छन्।
लगानी बोर्डका सहसचिव सिंह, पूर्वाधार विकास मन्त्रालयमै कार्यरत सहसचिव श्रेष्ठ र मैनाली सचिव बढुवाका लागि सिफारिस हुने देखिन्छ। सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, (जलविद्युत)हाइड्रोपावर उपसमूहका हुन्। श्रेष्ठ खानेपानी (स्यानिटरी) उपसमूह र मैनाली भवन (बिल्डिङ्ग एण्ड आर्किटेक्ट) उपसमूहका हुन्।
सिंह ऊर्जा मन्त्रालय, जल तथा ऊर्जा आयोगमा ‘फिट’ हुने प्राविधिक हुन्। पूर्वाधार विकास मन्त्रालयका लागि भने श्रेष्ठ र मैनाली उपसमूह मिल्नेमा पर्छन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य शुक्रबार (पर्सी)बाट अवकाशमा जान लागेकाले दुई पटकको सिफारिसमा सिंह, श्रेष्ठ र मैनालीमध्ये दुईजना सचिव बन्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #नवीनराज सिंह, #पद्यकुमार मैनाली, #मिना श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस