प्राविधिक सचिव बढुवाका लागि सिंह, श्रेष्ठ र मैनाली सिफारिस
काठमाडौं। प्राविधिक सचिव बढुवाका लागि नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको छ। सचिव बढुवाका लागि पहिलो नम्बरमा सिंह, दोस्रो नम्बरमा श्रेष्ठ र तेस्रो नम्बरमा मैनालीको नाम सिफारिस गरेको हो।
लोक सेवा आयोगका कार्यबहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षमा शुक्रबार बसेको बढुवा समितिको बैठकले सहसचिवत्रयलाई सचिव बढुवाका लागि सिफारिस गरेको हो।पहिलो नम्बरमा सिफारिस सिंह लगाडी बोर्ड, दोस्रो नम्बरमा सिफारिस श्रेष्ठ र तेस्रो नम्बरमा सिफारिस मैनालीको पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्।
गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएको छ। पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएसँगै सचिव बढुवा सिफारिस भएको हो।
सचिव बढुवाका लागि सिफारिस सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, (जलविद्युत)हाइड्रोपावर उपसमूहका हुन्। श्रेष्ठ खानेपानी (स्यानिटरी) उपसमूह र मैनाली भवन (बिल्डिङ्ग एण्ड आर्किटेक्ट) उपसमूहका हुन्। आगामी मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई सचिव बढुवा गर्नेछ। प्राविधिक सचिव सरजुकुमार वैद्य पनि अवकाशमा गएकाले अर्को लट पनि प्राविधिक सचिव सचिव बढुवाको सिफारिस हुनेछ। पूर्वाधार विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगमा प्राविधिक सचिव पद रिक्त हुन पुगेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस