आइटी माफिया विकल पौडेल अकुत सम्पत्ति आर्जनमा दोषी ठहर


काठमाडौं। विशेष अदालतले आइटी माफिया विकल पौडेललाई गैरकानुनी (अकुत) सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ। पौडेलले ४१ करोड ९४ लाख ७३ हजार २ सय ४२ रुपियाँ ८५ पैसा गैरकानुनीरुपमा आर्जन गरेको विशेष अदालतले ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य,  सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले साढे दुई वर्ष कैद र उक्त गैरकानुनीरुपमा कमाएको सम्पत्ति जफत हुने फैसला सुनाएको छ। दुई वर्ष कैद सजायमा पौडेल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक भएकाले थप ६ महिना कैद सजायको हुने फैसाला विशेषले सुनाएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतसहित चारजना विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले विकल पौडेलका साथै उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शितल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । विदेशी बैंकमा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको थियो। शुक्रबार उक्त मुद्दामा विशेष अदालतले आंशिक ठहर हुने फैसला गरेको हो।

पौडेल २०७४ सालदेखि २०८० सालसम्म केन्द्रको कार्यकारी निर्देशक भएका थिए। पौडेलले अवैध रूपमा ६२ करोड सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको थियो । पौडेलले ४१ करोड ९४ लाख ७३ हजार २ सय ४२ रुपियाँ ८५ पैसा गैरकानुनीरुपमा आर्जन गरेको विशेष अदालतले ठहर छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ