सरकारी सेवाबाट एकैदिन ३ सचिव भए बिदा
काठमाडौं। सरकारी सेवाबाट एकैदिन विभिन्न सेवाका ३ विशिष्ट (सचिव) बिदा भएका छन्। शनिबार र आइतबार बिदा परेकाले ३ जना सचिव शुक्रबार नै बिदा भएका हुन्। त्यसरी बिदा हुनेमा नेपाल प्रशासन सेवाका सचिव रविलाल पन्थ, लेखापरीक्षण सेवाका वैकुण्ठबहादुर अधिकारी र नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सञ्जीवराज रेग्मी रहेका छन्।
महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सञ्जीवराज रेग्मी ५८ वर्ष पूरा भएर भोलि बेलुकाबाट अवकाशमा जाँदै थिए। अवकाशको दिन असोज १७ गते शनिबार परेकाले उनीहरू शुक्रबार (आजै)बाट बिदा भएका छन्। पर्सी असोज १८ आइतबार रातीसम्म जागिर भएका राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ पनि आजबाटै बिदा भएका हुन्।
आइतबार बिदा परेकाले सचिव पन्थ शुक्रबारबाटै सरकारी सेवाबाट बिदा लिएर हिँडेका छन्। शनिबार र आइतबार बिदा परेकाले शुक्रबार सरकारी सेवाबाट ३ सचिवले एकसाथ बिदा लिएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #रविलाल पन्थ, #वैकुण्ठबहादुर अधिकारी, #सञ्जीवराज रेग्मी


तपाईको प्रतिक्रिया दिनुहोस