चर्चित बिचौलिया दिपक भट्टसँग मिल्दा तीन अग्रवाललाई विदेशी मुद्रा अपचलनमा २ अर्बको मुद्दा
काठमाडौं। चर्चित बिचौलिया दिपक भट्टसँग मिलेर विदेशी मुद्दा अपचलन गरेको आरोपमा २ अर्बको मुद्दा लाने तयारी भइरहेको छ। भट्ट सँगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरेको हो।
भट्टसँग मिलेर अग्रवालहरू विदेशी मुद्रा अपचलनमा वित्तिय अपराध गरेको गरेको आरोप लागेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिब १ अर्ब ८५ करोड रुपैयाँ बराबरको अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको प्रतिवेदन तयार गरेर बुझाएको छ। उक्त प्रतिवेदन अभियोजनका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेस भएको र सोही बमोजिम मुद्दा दायर गर्न लागिएको स्रोतले बतायो। उक्त सम्पत्ति दुबईमा लुकाइएको आशंका छ।
भट्टसँग मिल्दा चोलेन्द्र शम्शेर जबरा केरकारमा परेका थिए। उनीसँग मिलेर विदेशी मुद्रा अपचलन गर्दा अग्रवालहरूविरुद्ध मुद्दा जान लागेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस