दुई प्राधिकरणको पुनरावेदन सुन्न उच्चका दुई न्यायाधीश तोकिए, उपभोक्ता अदालतमा खड्का


काठमाडौं। दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन सुन्न उच्च अदालत पाटनका दुई न्यायाधीश तोकिएका छन्। उच्चका न्यायाधीश गीताप्रसाद तिम्सिनालाई र राजुकुमार खतिवडालाई प्राधिकरण हेर्न खटाइएको हो।

न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश तिम्सिनालाई दूरसञ्चार प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा तोकेको छ। त्यस्तै उच्च कै न्यायाधीश राजुकुमार खतिवडालाई काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्न समितिको अध्यक्ष तोकिएको हो।

त्यस्तै उपभोक्ता अदालतको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्कालाई तोक्न परिषद्‌ले सरकारलाई परामर्श दिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #गीताप्रसाद तिम्सिना, #राजुकुमार खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ