बेपत्ता आयोगको सचिवमा नेउपाने सिफारिस, चौहान महान्यायाधिवक्ता कार्यालयमा


काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा अच्यूतमणि नेउपाने सिफारिस भएका छन्। न्याय सेवा आयोगको बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता नेउपानेलाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा गर्न सिफारिस गरेको हो। सरकारी वकिल समूहका वरिष्ठ सहन्यायाधिवक्ता नेउपाने नायब महान्यायाधिवक्तामा बदुवाका लागि सिफारिस भएका हुन्।

नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। रिक्त एक नायब महान्यायाधिवक्ता पदमा नेउपाने सिफारिस भएका हुन्। सचिव बढुवामा सिफारिस भएका नेउपाने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत थिए। आगामी मन्त्रिपरिषद्को बैठकले नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता आयोगमा पदस्थापन गर्ने निर्णय गर्नेछ।

न्याय सेवा आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रवकुमार चौहान लाई महान्यायाधिवक्ताको कार्यालयमा सरूवा गर्न सिफारिस गरेको छ। बेपत्ता आयोगमा नेउपानेलाई बढुवा तथा पदस्थापन गर्न सिफारिस गरेपछि चौहानलाई महान्यायाधिवक्ता कार्यालयमा सार्न सिफारिस गरेको हो। मन्त्रिपरिषद्को बैठकले नेउपानेको बढुवा तथा पदस्थापन र चौहानको सरूवा एकैपटक गर्नेछ।

महान्यायाधिवक्ताको कार्यालयमा ४ जना नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी)को औचित्य पुष्टि हुने देखिँदैन। सरकारी वकिल समूहमा ५ जना विशिष्ट श्रेणीको दरबन्दी राखिएको छ। बेपत्ता आयोगमा १ जना र महान्यायाधिवक्ताको कार्यालयमा दुई नायब महान्यायाधिवक्ता (सचिव) भए पुग्ने देखिन्छ। सरकारले तत्काल उक्त दरबन्दी पुनरावलोकन गर्न जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #अच्युतमणि नेउपाने, #ध्रुवकुमार चौहान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ