चक्रबहादुर बुढा सचिवमा बढुवा
काठमाडौं। प्रशासन सेवाको रिक्त एक सचिवमा चक्रबहादुर बुढाको बढुवा भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बुढालाई सचिवमा बढुवा गरेको हो। उनको पदस्थापन भने भइनसकेको स्रोतले बतायो।
लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बुढाको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको थियो। जेष्ठताका आधारमा बुढा सचिव बढुवाका लागि सिफारिस भएका थिए। महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव बुढा जेष्ठताका आधारमा सिफारिस र बढुवा भएका हुन्।
बुढा २०७१ सालमा जाजरकोट जिल्लाको पिछडिएको क्षेत्र प्रयोग गरेर सहसचिव भएका हुन्। उनको सिंगल सिफारिसमा पर्न सफल भएका छन्।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अनिवार्य अवकाशमा गएपछि उक्त सिट रिक्त छ। पन्थको ठाउँमा बुढा सिफारिस भएका हुन्। बुढालाई सरकारले सचिव बनाएको हो।
क्याटेगोरी : समाचारट्याग : #चक्रबहादुर बुढा


तपाईको प्रतिक्रिया दिनुहोस