उपमहालेखापरीक्षकमा चन्द्रकान्त भण्डारी बढुवा
काठमाडौं। उपमहालेखापरीक्षक (सचिव)मा चन्द्रकान्त भण्डारीको बढुवा भएकाे छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।
उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएपछि एक उपमहालेखापरीक्षक पद रिक्त थियो। उक्त पदमा वरिष्ठ नायब उपमहालेखापरीक्षक भण्डारीको एकल सिफारिस भएको थियो। एकल सिफारिसमा परेका भण्डारी उपमहालेखापरीक्षकमा बढुवा भएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रकान्त भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस