सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस


काठमाडौं। सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। सशस्त्रका एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा बनेको एक सदस्यीय छानबिन समितिले निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो।

गृहमन्त्री सुदन गुरूङले गम्भीर सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेर छानबिन गर्न समिति बनाएका थिए। सशस्त्र प्रहरी बलले पनि आचरण विपरीत कार्य गरेको विषयमा छानबिन गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। चोलेन्द्र शम्शेर जबरा प्रकरणमा जोडिएका एआईजी दाहालमाथि सरकारले एक्सन लिने तयारी गरेको छ। सरकारले एआईजी दाहाललाई पदबाट बर्खास्त गर्ने तयारी थालेको स्रोतले बतायो। बालेन सरकार सुशासनमा कठोर देखिएकाले एआईजी दाहाल बर्खास्त हुने जोखिम बढेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ