अर्घाखाँचीका सिडिओ सुवेदी कपिलवस्तुको सिडिओमा सरूवा


काठमाडौं। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तोयनारायण सुवेदीको कपिलवस्तु सरूवा भएको छ। सुवेदी अर्घाखाँचीको सिडिओबाट कपिलवस्तुको सिडिओमा सरूवा भएका छन्। जेनजी आन्दोलपछि पर्साबाट अर्घाखाँचीको सिडिओ भएर गएका सुवेदी कपिलवस्तु पुगेका हुन्।

सुवेदी पाल्पाको समेत सिडिओ भएका सहसचिव हुन्। उनी पाल्पाबाट पर्सा हुँदै अर्घाखाँची पुगेका थिए। अर्घाखाँचीबाट सुवेदी सिडिओ बनेर कपिलवस्तु झरेका छन्। कपिलवस्तुका सिडिओ जनार्दन गौतमले राजीनामा दिएपछि उक्त जिल्लामा सिडिओ खाली थियो। गृह मन्त्रालयले अर्घाखाँचीका सिडिओ सुवेदीलाई कपिलवस्तुको सिडिओमा सरूवा गरेको हो। सुवेदीले लगातार चौथो जिल्लाको सिडिओ पाएका हुन्।

गृह मन्त्रालयले एक सहसचिव सिडिओ र ३१ जना उपसचिवको सरूवा तथा पदस्थापन गरेको छ। मोरङसहितका सहायक प्रमुख जिल्ला अधिकारीहरू समेत सरूवा भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #तोयनारायण सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ