चोलेन्द्र निकट कांग्रेस नेतृ खड्काको खातामा कसरी पुग्यो करोड रकम?


काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निकट नेपाली कांग्रेसकी नेतृ विनिता खड्काको खातामा करोडौं रकम भेटिएको प्रहरी स्रोतले बतायो छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनस्थलबाट नेतृ खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

 नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा खुला महिला तर्फकी केन्द्रीय सदस्यको उम्मेदवार खड्का भोट माग्दामाग्दै महाधिवेशनस्थलबाट पक्राउ परेकी हुन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसँग निकट सम्बन्ध भएको भनिएकी खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको हो। उनको खातामा करोड बढी रकम भेटिएको सिआईबी स्रोतको दाबी छ।

प्रधानमन्त्रीका सल्लाहकारसँग सेटिङ मिलाएर इजरायल पठाइदिने भन्दै कांग्रेसका नेताहरू करोडौं रकम उठाएको प्रहरीको आरोप छ। उक्त सेटिङ र ठगीमा संलग्न भरत चौलागाईं र बालिका सिवाकोटी यसअघि नै पक्राउ परिसकेका छन्। उक्त प्रकरणमा कांग्रेसकी युवा नेतृ खड्का समेत प्रहरी हिरासतमा पुगेकी हुन्। लहरो तान्दा पहरो खस्ने सम्भावना छ। ठगी आरोपमा पक्राउ परेकी खड्काको खातामा करोड बढी रकम भेटिनुले थप तरंग निम्तिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ