ताप्लेजुङको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तिवारीको नक्कली शैक्षिक प्रमाणपत्र
काठमाडौं। ताप्लेजुङको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुमनप्रसाद तिवारीको नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
खोप सुपरभाइजर राजपत्र अनंकित प्रथम श्रेणीको ओहदा पाउन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिइ बढुवा समेत भइ राष्ट्रसेवकको पद ओहदा, लाभ र सुविधा समेत प्राप्त गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। ताप्लेजुङको निमित्त जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तिवारी समेत भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उक्त कार्यालयमा अर्को निमित्त (निमित्त माथि निमित्त) तोक्ने अवस्था आएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस