बझाङको सिडिओमा निराजन श्रेष्ठ
काठमाडौं। गृह मन्त्रालय बझाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा निराजन श्रेष्ठलाई पठाएको छ। उक्त जिल्लाका सिडिओ मुकेशकुमार केशरी सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको थियो। उक्त स्थानमा श्रेष्ठलाई पठाइएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशकबाट श्रेष्ठलाई बझाङको सिडिओमा खटाइएको थियो। यसअघिका सिडिओ केशरी पनि उक्त जिल्लाबाटै बझाङको सिडिओ भएर गएका थिए। श्रेष्ठ पनि सोही विभागबाट बझाङको सिडिओमा गएका हुन्। उनी हाजिर भइसकेका छन्।
कार्तिक १२ गते हाजिर भएका श्रेष्ठको जिल्ला प्रशासन कार्यालय, बझाङको वेबसाइटमा कार्तिक १३ गते उल्लेख छ। वेबसाइटमा हाजिर मिति नै गलत देखिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस