डिडिसीका पूर्वमहाप्रबन्धक झासहित ८ जना पक्राउ
काठमाडौं। सिआईबीले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसुरमा संलग्न दुग्ध विकास संस्थान ( डिडिसी)का तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको भूमिकामा रहेका झासहित ८ जनालाई पक्राउ गरेको हो।
सिआईबीको निमन्त्रणा रहेका डिडिसीका कर्मचारीमा विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन यादव र बिख्रबहादुर भण्डारी रहेका छन्। सबै सिआईबीको हिरासतमा पुगेका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस