चर्चामा सुनसरीका दुई पालिकाका ‘हाकिम’
काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका जोडिएका स्थानीय तह हुन्। सुनसरीका छिमेकी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अहिले निकै चर्चामा छन्। धरान उपमहानगरपालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाही सरूवाविरूद्ध प्रशासकीय अदालतमा मुद्दा हाल्न गएपछि चर्चामा आएका हुन्। बराहक्षेत्र नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीलाई नगर कार्यपालिकाले फिर्ता पठाउने निर्णय सार्वजनिक भएपछि उनी पनि हाल चर्चामा देखिन्छिन्। सुनसरीका दुई पालिकाका हाकिम अहिले निकै चर्चामा देखिएका हुन्।
सहसचिवको दरबन्दी रहेको धरान उपमहानगरपालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृत शाहीले मुद्दा हालेर अन्तरकालीन आदेश लिए। आदेश लिएर काठमाडौंमा दसैँ मनाएका शाहीलाई प्रशासकीय अदालतले तिहार मनाउन भने धरान पठाउने भएको छ। सरूवाविरुद्ध अदालत जाने पहिलो सहसचिव बनेका शाहीलाई धरान उपमहानगरपालिकामा पठाउन अदालतले बाटो खुला गरिदिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहबाट दरबन्दीमा पठाएका सहसचिव शाहीलाई रमाना दिन अदालतले बाटो खुला गरिदिएको हो। सरकारले उनलाई तिहार मनाउन धरान पठाउने सम्भावना देखिन्छ।
धरानसँगै जोडिएको बराहक्षेत्र नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीलाई फिर्ता पठाउने निर्णय गरेपछि उनी चर्चामा आएकी छिन्।वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत गिरीले गाडी खोसेर कार्यकक्षमा ताला लगाएपछि उक्त विषयले राष्ट्रिय चर्चा पाएको हो। मेयरले काम गर्न जथाभावी भुक्तानी दिन अनावश्यक दबाब दिएको प्रमुख प्रशासकीय अधिकृत गिरीको आरोप छ।
नगरपालिकाले कानुनविपरीत प्रमुख प्रशासकीय अधिकृत गिरीलाई फिर्ता पठाउने निर्णय गरेको छ। उक्त निर्णयसँगै मेयर कार्की विवादमा परेका छन्। उनले प्रमुख प्रशासकीय अधिकृतका रूपमा गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी रहेको आरोप लगाएपनि फिर्ता पठाउने निर्णय गरेको औचित्य पुष्टि हुन सकेको छैन। अहिले मेयर कार्की विवादमा परेका छन् भने प्रमुख प्रशासकीय अधिकृत गिरी चर्चामा आएकी हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामाथि आर्थिक एक्सन लिने सम्भावना बढेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस