महाभियोगको खतरामा रहेका सर्वोच्चका न्यायाधीश!


समाचार टिप्पणी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाेच्चका विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी गरेको छ। रास्वपा सचिवालय बैठकले विवादित सर्वोच्चका न्यायाधीशको विषयमा संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो संसदीय समितिलाई त्यसका लागिप्रक्रिया अघि बढाउन पनि निर्देशन दिइसकेको छ। रास्वपाको सचिवालयले संसदीय दललाई समेत प्रक्रिया अघि बढाउन सचिवालय निर्देशन दिएको हो।
पछिल्लो समय दिपक भट्टले परिचालित विचौलिया इनाम सापकोटा प्रकरणमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा र हरि फुयाँल जोडिएका छन्। उक्त प्रकरणमा सर्वोच्चका अर्का न्यायाधीश श्रीकान्त पौडेलले समेत प्रेस विज्ञप्ती आफ्नो बचाउ गरेको पाइन्छ। अहिले रास्वपाको ‘टार्गेट’मा रहेका न्यायाधीश हरि फुयाँल हुन्। फुयाँल विवादित बनेपछि उनले आफूसहितका न्यायाधीश सापकाेटालाई भेटेको प्रष्टीकरण दिएका छन्। रास्वपाका सांसदहरू मुधु चौलागाईं, यज्ञमणि न्यौपाने, राजीव खत्रीलगायतले महाभियोगको विषय चर्चा गरिरहेका थिए। पार्टीको सचिवालय नै विवादित न्यायाधीशको विषयमा महाभियोग लगाउने संकेत गरेको हो।
रास्वपाको सचिवालय बैठकमा न्यायालयको पुनर्संरचना एजेण्डा जोडतोडले उठेको थियो। सर्वोच्चका विवादित न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अघि बढाउन सचिवालयले ‘ग्रीन सिंग्नल’ दिएको छ। महाभियोगको ‘राडार’मा सर्वोच्चका कुन-कुन न्यायाधीश पर्छन् त्यो भने हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ