सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरूद्ध संसदीय सुनुवाई सुरू
काठमाडौं। सर्वोच्च अदालतमा प्रस्तावित चार न्यायाधीशविरूद्ध संसदीय सुनुवाई सुरू भएको छ। संसदीय सुनुवाई विशेष समितिले सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरूद्ध संसदीय सुनुवाई सुरू गरेको हो। शुक्रबार डा. रत्नबहादुर बागचन र चन्द्रबहादुर सारूको संसदीय सुनुवाई हुनेछ। शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाई हुने समितिका सभापति बोध नारायण श्रेष्ठले जनाए। केही न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा शुक्रबार डा. रत्नबहादुर बागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको थियो। बागचन उच्च अदालत पोखराका मुख्य न्यायाधीश, सारू उच्च अदालत पाटनका न्यायाधीश, पाण्डे उच्च अदालत पाटन हेटौंडा इजलास र डाँगी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश हुन्। संसदीय सुनुवाई समिति अनुमोदन गरे उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्।
एकैदिन सिफारिस भएका उच्चका न्यायाधीश
🌑राजेश्वर तिवारी मुख्य न्यायाधीश
१, श्री दिनेशप्रसाद यादव
२, श्री कृष्णलाल भट्टराई
३,श्री यमुना भट्टराई
४, श्री टेकनारायण कुँवर
५, श्री चन्द्रबहादुर सारू (सर्वोच्च सिफारिस)
६, श्रीविपुल न्यौपाने
७, श्री नातिबावु लामिछाने
८, श्री गणेशप्रसाद बराल
९, श्री सुर्दशन देव भट्ट
१०, श्री सुवास पौडेल
११, श्री जनक पाण्डे (सर्वोच्च सिफारिस)
१२, श्री बामदेव ज्ञवाली
१३, श्री श्यामजी प्रधान
१४, श्री गोकर्ण डाँगी (सर्वोच्च सिफारिस)
१५, श्री बासुदेव आचार्य
१६, श्री खुशी प्रसाद थारु
१७, श्री मुनेन्द्रप्रसाद अवस्थी
१८, श्री मदन पोख्रेल
१९, श्री शान्ता सेढाई सापकोटा
२०, श्री ध्रुवराज नन्द
२१, श्री दुर्गाबहादुर विश्वकर्मा
२२, श्री टंक प्रसाद गुरुङ
२३, श्री हरिप्रसाद पौडेल
२४, श्री तेज नारायण सिंह राई
२५, श्री बबिता उप्रेती
२६, श्री रामबहादुर थापा
२७, श्री शकुन्तला घिमिरे
२८, श्री दिपेन्द्र बहादुर बम
२९, श्री राज्यलक्ष्मी बज्राचार्य
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस