प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार कार्की ‘बाहिर’


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकार दान बहादुर कार्की जिम्मेवारी सम्हाल्न पुगेका छैनन्। उनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्ष तयार भइसकेको छ। प्रधानमन्त्रीका विशेष सल्लाहकार दान बहादुर कार्कीका लागि तयार पारिएको कार्यकक्ष बाहिर झुण्डिएको ‘नेम-प्लेट’मा बाहिर देखाइएको हो।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकको भूमिकामा रहेका कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारको जिम्मेवारी दिएर डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो। केसीले महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। कार्की विशेष सल्लाहकारको जिम्मेवारी सम्हाल्न पुगेका छैनन्। पुनर्बहालीको रिट लिएर कार्की सर्वोच्च अदालत पुगेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ