उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे नियुक्त


काठमाडौं। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा रामचन्द्र पाण्डे नियुक्त भएका छन्। सरकारले इन्जिनियर पाण्डेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त गरेको हो।

लामो समयदेखि महाप्रबन्धक रिक्त रहेको उदयपुर सिमेन्ट उद्योगमा सरकारले पाण्डेलाई महाप्रबन्धक बनाएर पठाएको छ। नयाँ महाप्रबन्धक पाएपछि उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने आशामा उदयपुरवासी रहेका छन्। उद्योगका श्रमिक तथा कर्मचारीले लामो समयदेखि तलबभत्ता पाउन नसकेका छैनन्। महाप्रबन्धक आएसँगै उक्त उद्योग सञ्चालन, व्यवस्थापन सुधार र आर्थिक समस्याको समाधान हुने उदयपुरवासीले अपेक्षा राखेका हुन्।

उद्योग पूर्ण रूपमा सञ्चालनमा आएमा मजदुर तथा कर्मचारीले नियमित तलबभत्ता पाउनेछन्, स्थानीय युवाले रोजगारी पाउनेछन् र आर्थिक तथा औद्योगिक गतिविधिमा समेत सकारात्मक परिवर्तन आउ उनीहरूको अपेक्षा रहेको पाइन्छ।

सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने उदेश्यले पाण्डेलाई नयाँ महाप्रबन्धक पठाएको हो। उक्त उद्योग सञ्चालन आए उदयपुरको आर्थिक तथा औद्योगिक गतिविधिमा नयाँ उचाई थपिने विश्वास लिइएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ