दानबहादुरले पाएनन् अन्तरिम आदेश, आईजीपी मनोजलाई ‘ठूला माछा’ समात्न खुल्यो बाटो
काठमाडौं। प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार दानबहादुर कार्कीले प्रहरी महानिरीक्षकमा पुनर्बहाली हुनका लागि अन्तरिम आदेश पाएनन्। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले अन्तरिम आदेश नदिएपछि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई ‘ठूला माछा’ समाउन बाटो खुला भएको छ।
सर्वोच्चले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। मंसिर ७ गते अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई सर्वोच्चले झिकाएको हो। उक्त छलफलको मिति आउनुभन्दा अगाडि नै प्रहरीले ठूल्ठूला ‘केस’मा अनुसन्धानलाई तीव्रता दिने चर्चा चल्न थालेको छ।
सरकारले सुशासन कायम गर्ने उदेश्यले केसीलाई आईजीपी बनाएको हो। अब उनले आफ्नो कामलाई रफ्तार दिने विश्वास लिइएको छ। प्रहरीभित्र भएको घोटालालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको पाइन्छ। दुबै ‘केस’ अहिले निकै चर्चामा रहेका छन्।
सरकारले दानबहादुरलाई विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएर मनोजलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाएको थियो। उक्त रिट लिएर दानबहादुर सर्वाेच्च अदालत पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेश नदिइ कारण देखाउ आदेश (सोकज) गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस