दुई हप्तामा राष्ट्रिय अनुसन्धानका दुई डिएसपी नक्कली शैक्षिक प्रमाणपत्र भ्रष्टाचारमा डामिए


काठमाडौं। दुई हप्ताबीचमा राष्ट्रिय अनुसन्धानका दुई डिएसपी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप भ्रष्टाचारमा डामिएका छन्। राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) हिराबाबु भट्टराई र रामबाबु प्रसाद चौधरीविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र गरेर सेवा प्रवेश र बढुवा खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका दुबै डिएसपीलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अनुसन्धानका दुई डिएसपी नक्कली शैक्षिक प्रमाणपत्रधारी देखिएका हुन्।

अख्तियारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) हिराबाबु भट्टराई उपर कार्तिक १९ गते नक्कली/झुट्टा शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। उक्त आरोपपत्र दायर भएसँगै डिएसपी भट्टराई निलम्बनमा परेका छन्। भट्टराई निलम्बनमा परेको दुई हप्ता नबित्दै रामबाबु प्रसाद चौधरीविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। दुई हप्ताबीचमा अनुसन्धानका दुई डिएसपी निलम्बनमा परेका हुन्।

अख्तियारले भट्टराई र चौधरीसहित ठूलो संख्यामा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीमाथि अनुसन्धान गरिरहेको पाइन्छ। दुई हप्ताबीचमै अनुसन्धानका दुई डिएसपीविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर हुनुले त्यहाँभित्र विकाराल समस्या रहेको आशंका उब्जिएको छ। अख्तियार यस्ता प्रकृतिका अनुसन्धानका अन्य कर्मचारीमाथिको छानबिनलाई तीव्रता दिनुपर्ने देखिन्छ। राष्ट्रिय अनुसन्धान विभागका अन्य कर्मचारीविरूद्ध पनि विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा जाने सम्भावना बढेको हो।

राष्ट्रिय अनुसन्धान जस्तो र संवेदनशील र महत्त्वपूर्ण विभागका यस्ता विकृत पृष्ठभूमिका कर्मचारीहरू राखिरहनु राष्ट्रका लागि निकै घातक देखिन्छ। राष्ट्रिय अनुसन्धान विभागका नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरूद्ध अख्तियारले लिएको एक्सनले सुधारको बाटो देखाएको छ। अख्तियारको पछिल्लो एक्सनले अनुसन्धान विभागभित्र रहेका नक्कली शैक्षिक प्रमाणपत्रधारीहरूको भागाभाग हुने स्थिति आएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #रामबाबु प्रसाद चौधरी, #हिराबाबु भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ