दुई वर्ष पूरा भइसकेका महानिर्देशकहरू, फाजिलमा परेका सुवेदीको अझै भएन व्यवस्थापन
काठमाडौं। केही विभागका महानिर्देशकहरूको दुई वर्ष पूरा भइसकेको छ। दुई वर्ष पूरा भएका पूरा भइसकेका महानिर्देशक (नेपाल प्रशासन सेवाका सहसचिव)मा राजिव पोखरेल मनमाया पंगेनी भट्टराई, ज्ञानराज सुवेदीलगायत रहेका छन्। राजिव यातायात व्यवस्था विभाग, मनमाया हुलाक सेवा विभाग र सुवेदी वातावरण विभागका महानिर्देशक हुन्।
दुई वर्ष पूरा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल सरूवा नहुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा पुगेका छन्। उनी २०८१ असोजदेखि नै यातायात व्यवस्था विभागको महानिर्देशकको भूमिका थिए। नक्कली लाइसेन्सको काण्ड मिलाउने उदेश्यले यातायातमा डेरा जमाएर बसेका राजिव श्रम मन्त्रालय हुँदाको बदमासीमा सिआईबीको हिरासतमा पुगेका हुन्। एकनारायण अर्यालका विश्वासपात्र सेटिङ मास्टर पोखरेल सेटिङ मिलाउदा मिलाउँदै ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा सिआईबीको हिरासतमा पुगेका छन्।
त्यस्तै हुलाक सेवा विभागकी महानिर्देशक मनमायाले जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भइसकेको छ। उनलाई तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले २०८१ असोजमा हुलाक सेवा विभागको महानिर्देशक बनाएका थिए। ३ सरकार फेरिदा पनि नफेरिएकी मनमाया पछिल्लो समय विदेश भ्रमणमा निकै सक्रिय देखिन्छिन्। सरूवा तथा कर्मचारी व्यवस्थापनको विषयलाई लिएर उनी विवादमा परेकी छिन्। लामो समय हुलाकको डिजी बनेर मनमायाले ‘रेकर्ड’ राखेकी हुन्।
वातावरण विभाग महानिर्देशक ज्ञानराज सुवेदी साढे दुई वर्षे कार्यकाल पूरा गर्ने चरणमा छन्। २०८१ साउनमा वातावरण विभागको महानिर्देशक भएर गएका सुवेदी दुई वर्ष बढीदेखि उक्त जिम्मेवारीमा देखिन्छन्।
वातावरण विभागको महानिर्देशक भएर गएको दुई वर्ष पुग्ने चरणमा सुवेदी फाजिलमा परेका हुन्। वातावरण विभागमा प्राविधिक सहसचिवको महानिर्देशकको दरबन्दी राखेर प्रशासनको सहसचिवको दरबन्दी कटौती गरिएको छ। तर, फाजिलमा परेका सुवेदीको व्यवस्थापन नहुँदा उनी साढे दुई पुग्न लाग्दा पनि विभागमै बसिरहेका छन्। सुवेदीले विभाग नछाड्दा प्राविधि सहसचिव उपमहानिर्देशकमै खुम्चिन बाध्य भएका हुन्। सरकारले दरबन्दी कटौती भएर फाजिलमा परेका सहसचिव सुवेदीलाई तत्काल अन्यन्त्र व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
ट्याग : #ज्ञानराज सुवेदी, #मनमाया पंगेनी भट्टराई, #राजिव पोखरेल


तपाईको प्रतिक्रिया दिनुहोस